Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर

अर्थ संसार

सोमबार, ०७ बैशाख २०८३, १३ : ०४ मा प्रकाशित

काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर

अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । उनी आज बिहान सवा ६ बजेतिर  त्रिभुवन विमानस्थलमा अवतरण भएको स्रोतको भनाइ छ । भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित काठमाडौं आइपुगेका हुन् ।

उनको आज परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ। त्यसबाहेकका भेटघाटबारे खुलाइएको छैन। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट रहेका कपुरले दक्षिण तथा मध्य एसिया मामिला हेर्ने गर्छन्। राष्ट्रपति ट्रम्पले तत्कालीन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर २०८१ फागुनमा कपुरलाई नियुक्त गरेका थिए । अहिलेको सरकार गठनमा अमेरिकाको विशेष प्रभाव रहेको टिप्पणी भइरहेका बेला सहायक विदेशमन्त्री कपुरको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको