Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

अर्थ संसार

बुधबार, ०९ बैशाख २०८३, १० : ४३ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ८०० रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ५०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख १ हजार ३०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १६० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको