Like us!
Follow us!
Connect us!
Watch us!

नौ बीमा कम्पनीले अझै पुर्याउन सकेनन् चुक्ता पूँजी, कुनको कति बाँकी ?

अर्थ संसार

बुधबार, ०९ बैशाख २०८३, १६ : ३० मा प्रकाशित

नौ बीमा कम्पनीले अझै पुर्याउन सकेनन् चुक्ता पूँजी, कुनको कति बाँकी ?

बीमा कम्पनीहरुले अझै पनि तोके अनुसारको चुक्ता पुँजी पुर्‍याउन सकेका छैनन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार अझै पनि दुई वटा रि इन्स्योरेन्स सहित ९ वटा कम्पनीले अझै पनि चुक्ता पुँजी पुर्‍याउन सकेका छैनन् । 

प्राधिकरणका अनुसार हालसम्म सञ्चालनमा रहेका ३७ वटा कम्पनीमध्ये दुई रि इन्स्योरेन्स, तीन वटा लघु बीमा र तीन वटा निर्जीवन बीमा कम्पनी तथा एउटा जीवन बीमा कम्पनीको अझै पनि चुक्ता पुँजी पुर्‍याउन सकेका छैनन् । प्राधिकणका अनुसार हालसम्म सरकारी स्वामित्वका राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनी, निर्जीवन बीमा कम्पनीहरुमा प्रभु इन्स्योरेन्स, सानिमा जिआईसी इन्स्योरेन्सको अझै पनि चुक्ता पुँजी प्राधिकरणले तोके बमोजिम पुगेको छैन । त्यस्तै लघु बीमा तर्फ लिबर्टि माईक्रो, स्टार माइक्रो र ट्रष्ट माइक्रो इस्योरेन्सले अझै पनि प्राधिकणले तोकेको चुक्ता पुजी पुर्‍याउन नसकेका हुन् । 

यी ९ वटा बाहेक अन्य कम्पनीको भने चुक्ता पुँजी पुगेको छ । प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीको चुक्ता पुँजी जम्मा १८ करोड १० लाख २० हजार रुपैयाँ मात्रै रहेको छ । यो अनुसार प्राधकरणले तोकेको ५ अर्बको चुक्ता पुँजी पुर्‍याउन उसले ४ अर्ब ८१ करोड ८९ लाख ८० हजार रुपैयाँ थप्नु पर्ने छ । त्यस्तै सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीलाई अझै पनि २ अर्ब २३ करोड ३३ लाख ६१ हजार रुपैयाँ पुक्ता पुँजी थप्ने पर्ने देखिन्छ । यो कम्पनीको हाल २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ मात्रै चुक्ता पुँजी रहेको छ । 

त्यस्तै २० अर्ब चुक्ता पुँजी हुनु पर्ने पुनबीमा कम्पनीहरुले पनि प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्‍याउन सकेका छैनन् । प्राधिकरणका अनुसार नेपाल पुनबीमा कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ७८ हजार १०० रुपैयाँ र हिमालय रि इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको छ । यो अनुसार हिमालय रिले करिब १० अर्ब रुपैयाँ र नेपाल रिले करिब ७ अर्ब रुपैयाँ पुँजी थप्नु पर्ने देखिन्छ ।  त्यस्तै प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी जम्मा १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । अब यो कम्पनीले कुल ८० अर्ब रुपैयाँ थप्नु पर्ने देखिन्छ । यस्तै सानिमा जिआईसीको चुक्ता पुँजी ३५ करोड रुपैयाँ अपुग छ । यो कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । त्यस्तै लघु बीमा कम्पनीले भने करिब २३ अर्ब रुपैयाँ चुक्ता पुँजी थप्नु पर्ने देखिन्छ । ७ वटा मध्ये ३ वटा माइक्रो इन्स्योरेन्सको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । 

बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले ५ अर्ब, निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब रुपैयाँ र लघु बीमा कम्पनीहरुले ७५ करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्ने हुन्छ । त्यस्तै रि इन्स्योरेन्सको सम्बन्धमा भने २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्ने हुन्छ ।सुरुमा एक वर्षको समय दिएर जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्नका लागि समय तोकिएको थियो । बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) ले कम्पनीहरुलाई पुँजी पुर्‍याउनका लागि एक वर्षको समय सिमा तोके पनि अहिले पाँच वर्ष पुरा भइसकेको छ । त्यस पछि निरन्तर रुपमा समय थप गर्दा कहि कम्पनीले चुक्ता पुँजी पुर्‍याउ नसकेका हुन् । २०७८ साल चैतमा एक वर्षका लागि भनिएको व्यवस्थामा अहिले प्राधिकरणले कुनै पनि समय सिमा नै तोकेको छैन । निजी क्षेत्रका बीमा कम्पनीहरुले हकप्रद सेयर जारी गरेर पुँजी पुर्‍याउने तयारी गरिरहेका छन् भने सरकारी स्वामित्वका कम्पनीहरु भने सरकारले पुँजी थप गरिदिने आशामा रहेका छन् । मेट लाइफ, दि ओरियन्टल र नेशनल इन्स्योरेन्स कम्पनी नेपालमा विदेशी कम्पनीका शाखा भएकाले उनीहरुका लागि चुक्ता पुँजी तोकिएको छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको