Like us!
Follow us!
Connect us!
Watch us!

निर्जीवन बीमा कम्पनीको ७ महिनाको व्यापार २४ अर्बमाथि, लघु बीमाको अवस्था कस्तो ?

अर्थ संसार

विहीबार, १५ फागुन २०८१, ११ : ३६ मा प्रकाशित

निर्जीवन बीमा कम्पनीको ७ महिनाको व्यापार २४ अर्बमाथि, लघु बीमाको अवस्था कस्तो  ?

निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो ७ महिनामा करिब २४ अर्ब रुपैयाँ भन्दा बढी बिमा शुल्क संकलन गरेका छन् ।

नेपाल बिमा प्राधिकरणको माघ मसान्तसम्मको तथ्यांक अनुसार १४ निर्जीवन बिमा कम्पनीले २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । उक्त बीमाशुल्क १६ लाख २१ हजार ६ सय ७९ वटा बीमालेख बिक्री गरेर संकलन भएको हो ।

प्राधिकरणका अनुसार गएको यो अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ अर्ब १३ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब २५  करोड ९५ लाख बीमाशुल्क संकलन गरेको छ । यस्तै दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ५२ करोड २५ लाख बीमाशुल्क संकलन गरेको छ भने  नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ९५ करोड २ लाख रुपैयाँ संकलन गरेको छ   । यो अवधिमा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ३ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, यस अवधिमा एनएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड १६ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ९२ करोड १८ लाख,सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब ३८ करोड ५२ लाख सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ४४ करोड ७४ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ९३ करोड ७६ लाख, आइजिआइ प्रूडेन्सियल इन्स्योरेन्सले २ अर्ब २ करोड ६८ लाख, युनाइटेड अजोड इन्स्योरेन्सले १अर्ब ४० करोड १४ लाख,राष्ट्रिय बीमा कम्पनीले ९४ करोड ५ लाख र नेशनल इन्स्योरेन्सले ६९ करोड ३४ लाख बीमाशुल्क संकलन गरेका छन् ।

यो अवधिमा ४ वटा लघु बिमा कम्पनीले ५० करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

जसका लागि यी कम्पनीहरूले दुई लाख २४८ वटा बीमालेख जारी गरेका छन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी १४ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १२ करोड ४९ लाख संकलन गरेको छ ।

त्यस्तै, स्टार माइक्रोले ११ करोड ६६ लाख बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४१ हजार ६ सय वटा बीमालेख बिक्री गरेर ११ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको