Like us!
Follow us!
Connect us!
Watch us!

निर्जीवन बीमा कम्पनीद्वारा बाढीपहिरोको क्षतिमा ३अर्ब बढी दाबी भुक्तानी, कुन कम्पनीले कति दिए ?

अर्थ संसार

सोमबार, २६ फागुन २०८१, १३ : ५५ मा प्रकाशित

निर्जीवन बीमा कम्पनीद्वारा बाढीपहिरोको क्षतिमा ३अर्ब बढी दाबी भुक्तानी, कुन कम्पनीले कति दिए ?

नेपाल बीमा प्राधिकरणले गत असोजको दोस्रो साता लगातारको वर्षापछि उत्पन्न बाढीपहिरोबाट भएको क्षतिपछि परेको दावीमा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ५ करोड ६० लाख भुक्तानी दिएका छन् ।

कम्पनीहरुले फागुन २१ गतेसम्मको अवधिमा उक्त दावी भुक्तानी वितरण गरेको हो । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले दुई हजार ४७८ वटा दावी भुक्तानी गरेको हो ।

प्राधिकरणका अनुसार फागुन २१ गतेसम्म प्राप्त तथ्यांकका आधारमा निर्जीवन बीमा कम्पनीमा हालसम्म कुल तीन हजार ७२८ वटा दावी परेको छ।  यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले दाबीमध्ये २ हजार ४७८ वटा दावी भुक्तानी गरेको हो ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। यो  कम्पनीले हालसम्म कम्पनीले ३४० वटा दाबीको ५८ करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको छ।

यसैगरी ओरियन्टल इन्स्योरेन्सले  १६३ वटा दावी वापत ११ करोड २० लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २६१ वटा दावी वापत ३९ करोड ५५ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४४५ वटा दावी बापत  ४७ करोड ७३ लाख रुपैयाँको दावी भुक्तानी वितरण गरेको छ । हालसम्म  हिमालयन एभरेष्टले १५३ वटा दाबीको २५ करोड १६ लाख रुपैयाँ, एनएलजीले १२४ वटा दाबीको १४ करोड ६३ लाख, सानिमा जीआईसीले १३७ वटा दाबीको १८ करोड ३८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २३० वटा दाबीको २३ करोड ६५ लाख रुपैयाँ र युनाइटेड अजोडले १५९ वटा दाबीको २५ करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेका छन्। 

हालसम्म नेसनल इन्स्योरेन्सले २९ वटा दाबीको ४ करोड ६६ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलले २३० दाबीको २६ करोड १६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ११५ दाबीको ५ करोड ४९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७१ वटा दाबीको ४ करोड १८ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले एउटा दाबीको ९ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

यसैगरी, निर्जीवन लघु बीमकतर्फ स्टार माइक्रोले १० वटा दाबीको ३६ लाख ६५ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ३ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ६ लाख ५० हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ६ वटा दाबीको ४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

हालसम्म स्टार माइक्रोले ७ वटा दाबीको ८ लाख १८ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ३ वटा दाबीको ५ लाख ७१ हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ५ लाख २ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ६ वटा दाबीको २ लाख ७९ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको