Like us!
Follow us!
Connect us!
Watch us!

एक दर्जन बीमा कम्पनीको लाभांश घोषणा,कुन कम्पनीले कति दिँदैछन् ?

अर्थ संसार

सोमबार, ०४ चैत्र २०८१, ०८ : ३९ मा प्रकाशित

एक दर्जन बीमा कम्पनीको लाभांश घोषणा,कुन कम्पनीले कति दिँदैछन् ?

नेपालमा सञ्चालन रहेका ११ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

जसमध्ये ५ वटा जीवन बीमा कम्पनी र ६ वटा निर्जीवन बीमा कम्पनी छन्।

लाभांश घोषणा गर्नेमा जीवन बीमातर्फ सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी तथा निर्जीवनतर्फ नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्स छन्।

यी कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन्। 

जीवन बीमा कम्पनी

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुमध्ये सानिमा रिलायन्स लाइफले कुल ९.२४८९ प्रतिशत, सिटिजन लाइफले २८.४०४३ प्रतिशत, आइएमई लाइफले २१.०५२६ प्रतिशत, नेपाल लाइफले २१.०५ प्रतिशत र सूर्यज्योति लाइफले २० प्रतिशत लाभांश घोषणा गरेको छ । यस अवधिमा अधिकांश कम्पनीहरुले वार्षिक साधारण सभा सम्पन्न गरेर प्रस्तावित लाभांश सम्बन्धित सेयरधनीको खातामा समेत पठाइसकेको छ ।

निर्जीवन बीमा कम्पनी

निर्जीवन बीमा कम्पनीहरुमा सानिमा जिआइसी इन्स्योरेन्सले कुल ७.८९४७ प्रतिशत, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ९.७३६८ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशत, शिखर इन्स्योरेन्सले १०.५२६३ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.७५ प्रतिशत र नेपाल इन्स्योरेन्सले १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको