Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९४ अर्ब माथि, कुन कम्पनीको कति ?

अर्थ संसार

बुधबार, १४ माघ २०८२, १३ : ०९ मा प्रकाशित

जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९४ अर्ब माथि, कुन कम्पनीको कति ?

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्म जीवन बीमा कम्पनीहरूले कुल ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा जीवन बीमा क्षेत्रले उल्लेखनीय आम्दानी गर्न सफल भएको हो।

उक्त अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीका रूपमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ। कम्पनीले दोस्रो त्रैमाससम्म २५ अर्ब ५१ करोड रुपैयाँको कारोबार गरेको छ।

बीमाशुल्क संकलनको आधारमा दोस्रो स्थानमा नेशनल लाइफ रहेको छ, जसले ११ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै, तेस्रो स्थानमा रहेको एलआईसी नेपालले १० अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने चौथो स्थानमा रहेको हिमालयन लाइफले ८ अर्ब ६२ करोड रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएको छ।

अन्य कुनको कति ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको