Like us!
Follow us!
Connect us!
Watch us!

४३ कम्पनीको आईपीओ आउँदा ३ ले मात्रै दिए लाभांश: नयाँ सूचीकृत कम्पनीको वित्तीय अवस्था कति सुरक्षित ?

अर्थ संसार

आइतबार, २० बैशाख २०८३, १२ : १६ मा प्रकाशित

४३ कम्पनीको आईपीओ आउँदा ३ ले मात्रै दिए लाभांश: नयाँ सूचीकृत कम्पनीको वित्तीय अवस्था कति सुरक्षित ?

पछिल्लो ३ वर्षको अवधिमा आईपीओ जारी गर्ने कम्पनीको संख्या ४३ पुगेको छ । आर्थिक वर्ष २०८०/०८१ देखि चालु आर्थिक वर्षको हालसम्म आईपीओ जारी गर्ने कम्पनीको संख्या ४३ पुगेको हो । 

यति धेरै कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको भए पनि लाभांश वितरण गर्ने कम्पनीको संख्या भने निकै न्यून रहेको छ । आईपीओ जारी गरेका कम्पनीमध्ये जम्मा ३ वटा कम्पनीले मात्रै आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गरेका छन् । बाँकी कम्पनीका सेयरधनीहरुको हाता खाली रहेको अवस्था छ । यो तथ्यांकले पुँजी बजारमा भित्रिएका नयाँ कम्पनीको वित्तीय अवस्था कमजोर रहेको देखाउँछ । ३ वर्षयता आईपीओ जारी गरेपछि लाभांश वितरण गर्ने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी र सर्वोत्तम सिमेन्ट मात्र रहेका छन् । बाँकी अधिकांश कम्पनीले अहिलेसम्म सेयरधनीलाई कुनै प्रतिफल दिन सकेका छैनन् ।

यस अवस्थाले दोस्रो बजारमा प्रवेश गर्ने धेरै कम्पनीहरुको वित्तीय अवस्था कमजोर रहेको पुष्टि गर्छ । पछिल्ला ३ वर्षमा सूचीकृत भएका धेरै कम्पनीहरु नाफा आर्जन गर्ने क्षमताभन्दा पनि बजारमा उपस्थितिका लागि आएको आरोप लाग्दै आइरहेको छ । यद्यपि, कम्पनीहरुले अनिवार्य रुपमा लाभांश दिनैपर्छ भन्ने बाध्यता भने हुँदैन । विशेषगरी, पछिल्ला वर्षहरुमा हाइड्रोपावर कम्पनीहरुको बजार प्रवेश तीव्र रुपमा बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हाइड्रोपावर कम्पनीहरुको संख्या १०० नाघिसकेको छ । तर, यीमध्ये अधिकांश कम्पनीको लाभांश दिने क्षमता कमजोर रहेको रहेको छ ।  तिनीहरु केवल सेयर कारोबार (ट्रेडिङ)का लागि मात्र प्रयोग भइरहेको देखिन्छ । 
सेयर बजारका जानकारहरुका अनुसार केही हाइड्रोपावर कम्पनीका संस्थापकहरुले आईपीओ जारी गरेर लकइन अविधि पछि सेयर बिक्री गरेर बाहिरीने गरेका छन् । अहिले लाभांश नदिएका कम्पनीहरुले भविष्यमा पनि दिदैन भनेर एकिन गर्न भने सकिदैन । अब आउने कम्पनीहरूको वित्तीय अवस्था नेप्सेले राम्रोसँग मूल्याङ्कन गरेर मात्र अनुमति दिने व्यवस्था गरियो भने यसले बजारलाई अझ विश्वसनीय र सुदृढ बनाउन मद्दत गर्नेछ। कुनै पनि कम्पनीले भविष्यमा नाफा गर्न सक्छ वा सक्दैन भन्ने भन्दा पनि नियम अनुसार आएका कम्पनीहरुलाई धितोपत्र बोर्डले अनुमति दिने बोर्डका एक अधिकारीले बताए ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको