राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निजी क्षेत्रलाई छलफलका लागि बोलाएका छन्। सरकारले पछिल्लो समय उद्योगी तथा व्यवसायीहरूलाई लगातार पक्राउ गर्न थालेपछि निजी क्षेत्र त्रसित बनेको भन्दै उनले संवादको पहल गरेका हुन्।
लामिछानेले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शसँग आवद्ध उद्योगी–व्यवसायीहरूलाई आइतबार छलफलका लागि बोलाएका छन्। उनले पठाएको निमन्त्रणामा व्यावसायिक वातावरण सुधार, निजी क्षेत्रले भोगिरहेका समस्या तथा अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक सुझावबारे खुला छलफल गरिने उल्लेख गरिएको छ।
रास्वपा सरकार गठनपछि व्यवसायीहरू पक्राउ पर्ने क्रम बढेपछि निजी क्षेत्र चिन्तित देखिएको छ। उनीहरूले व्यवसायीका कुरा पहिला सुन्ने र दोष प्रमाणित भएपछि मात्र कारबाही गर्नुपर्ने माग राख्दै आएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस