बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ को बिन्दुमा बन्द भएको छ ।
आज सेयर बजारमा विभिन्न सेक्टरका ३४५ वटा कम्पनीहरुको ३ करोड ५८ लाख १९ हजार कित्ता सेयर खरिद–बिक्री भएर १५ अर्ब ९ करोडको सेयर कारोबार भएको छ । आज व्यापार र म्यानुफ्याक्चरीङ इन्डेक्सबाहेकका अन्य सम्पूर्ण उपसूचकहरु राताम्य बनेका छन् । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५२ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको ५१ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४७ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स र सुपर खुदी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सोलु हाइड्रोपावर, भुजुङ र होटल फरेष्टका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै अभियान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस