Like us!
Follow us!
Connect us!
Watch us!

'लालपूर्जा नभएका सबैलाई हटाए करिब ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्छ'

अर्थ संसार

आइतबार, २० बैशाख २०८३, १२ : ५१ मा प्रकाशित

'लालपूर्जा नभएका सबैलाई हटाए करिब ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्छ'

नेकपा एमालेका महासचिव शंकर पोखरेलले लालपूर्जा नभएकाे सबैलाई हटाए करिब ५० लाख जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिबीको चक्रमा फस्ने खतरा रहेको बताएका छन् । उनले सुकुम्वासी बस्तीमा डोजर चलाएपछि सरकारले लालपुर्जा नभएका सबै नागरिकलाई हटाउने नीति लागू गरियो भने ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्ने खतरा रहेको बताएका हुन् ।

उनले बालेन सरकारलाई तथ्यमा हेर्न सुझाव दिएका छन् ।

उनले भनेका छन्,‘के यी तथ्यलाई वालेन सरकारले हेरेको छ ? काठमाडौं महानगरपालिकासहित देशभर भूमिसम्बन्धी समस्या गम्भीर बन्दै गएको छ। भूमि आयोगमा परेका निवेदनअनुसार देशभर ९८,५०२ दलित भूमिहीन सुकुम्बासी, १,८०,२९३ भूमिहीन सुकुम्बासी तथा ९,३०,७९० अव्यवस्थित बसोबासी गरी जम्मा १२,०९,५८५ जनाले निवेदन दिएका छन्। यसबाहेक केही हजार वास्तविक भूमिहीन अझै बाहिर हुन सक्ने अनुमान छ। केवल काठमाडौं उपत्यकामै करिब १ लाखको हाराहारीमा सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको मानिन्छ।’

उनले ९ लाखभन्दा बढी अव्यवस्थित बसोबासीले बनाएका संरचना हटाउने निर्णयले अर्बौँ रुपैयाँ बराबरको क्षति निम्त्याउने निश्चित रहेको उल्लेख गरेका छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको