Like us!
Follow us!
Connect us!
Watch us!

अदालतको आदेशपछी पनि छुटेनन् शेखर गोल्छा, अझै सीआईबी नियन्त्रणमै

अर्थ संसार

मंगलबार, २२ बैशाख २०८३, ११ : ४४ मा प्रकाशित

अदालतको आदेशपछी पनि छुटेनन् शेखर गोल्छा, अझै सीआईबी नियन्त्रणमै

 सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा रहेका व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिए पनि उनी छुटेका छैनन् । गोल्छा अझै नियन्त्रणमै रहेको सीआईबीले जनाएको छ । उनीमाथी धितोपत्र सम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।

गोल्छा ११ वैशाखमा पक्राउ परेका थिए । कानुनमा धरौटी वा जमानतको व्यवस्था भएको अवस्थामा त्यसविपरीत पक्राउ अनुमति जारी गरिएको भन्दै सर्वोच्चले जिल्ला अदालत काठमाडौंबाट जारी दुईवटा पक्राउ अनुमतिपत्र खारेज गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको