Like us!
Follow us!
Connect us!
Watch us!

"४/१२ को विषयमा राष्ट्र बैंकले पुनर्विचार गर्नुपर्छ, कर्जाको व्याजदर एकल अंकमा रहनुपर्छ"

अर्थ संसार

विहीबार, ०९ मंसिर २०७८, १७ : ०१ मा प्रकाशित

"४/१२ को विषयमा राष्ट्र बैंकले पुनर्विचार गर्नुपर्छ, कर्जाको व्याजदर एकल अंकमा रहनुपर्छ"

नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४/१२ को क्यापको विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन्।

अर्थसंसारसँग कुरा गर्दै गोल्छाले ४/१२ को क्यापले सेयर बजार घटाउन भूमिका खेलेको भन्दै यस्ता किसिमका नीतिहरु ल्याउनु अघि  सरोकारवालाहरुसँग पर्याप्त छलफल गर्दै सबै दृष्टिकोणबाट विश्लेषण गर्दा उपयुक्त देखिए मात्र नीति लागू गर्नु उपयुक्त हुने बताए।  

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गर्ने  तयारी गरिरहंदा निजि क्षेत्रको अपेक्षा के छ भन्ने हाम्रो प्रश्नमा अहिलेको मुख्य विषय भनेको व्याजदर र तरलता रहेको बताए। ' कर्जाको व्याजदर एकल अंकमा रहनुपर्छ तब मात्रै आर्थिक विकास सम्भव हुन्छ। अर्को कुरा भनेको बजारमा तरलताको समस्या छ, त्यसलाई समाधान गर्न राष्ट्र बैंकसँग के-के औजारहरु छन् ती सबै औजारहरु प्रयोग गर्नुपर्छ ', गोल्छाले भने। 

बैंकको कर्जा जति आयातमै गयो भनेर आयातमा कडाइ गरिने कुरा गरिँदैछ नी भन्ने हाम्रो प्रश्नमा उनले भने, ' हाम्रो अर्थतन्त्र आयतित सामाग्रीहरुले नै चलेको छ।  राजस्वको महत्वपूर्ण हिस्सा राज्यले विलासिताका सामग्री भनेका कुराहरुको आयात गर्दा सङ्कलन हुने भन्सारले ओगटेको छ।  हामीले आदर्शवादी कुरा गरेर मात्र हुदैन, व्यवहारिक पक्षलाई पनि ध्यान दिनुपर्छ। '

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको