समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न थालेको छ । समितिले पहिलो चरणमा १० वटा समस्याग्रस्त सहकारीसँग सम्बन्धित ठूला ऋणीहरूको विवरण सार्वजनिक गरेको जनाएको छ ।
समितिले जारी गरेको सूचनाअनुसार सार्वजनिक गरिएका ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी बाँकी ऋण भुक्तानी गर्नुपर्नेछ । अन्यथा प्रचलित कानूनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ ।
समितिका अनुसार अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नामावली पनि क्रमिक रूपमा सार्वजनिक गरिनेछ । त्यसैले सम्बन्धित ऋणीहरूलाई ढिलाइ नगरी कार्यालयमा सम्पर्क गरी दायित्व पूरा गर्न आग्रह गरिएको छ ।
यसपटक सार्वजनिक गरिएका सहकारी संस्थामध्ये घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी तथा नेपाल सहकारी वित्तीय संस्था रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस