भूमिब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको नियमक निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सहकारी क्षेत्रका बेथिति सुधार्ने गरी काम गर्न निर्देशन दिनु भएको छ । मङ्गलवार मन्त्रालयमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा.खगराज सर्मालाई सपथ गराउदै मन्त्री अधिकारीले सो कुरा बताउनु भएको हो ।
बिगत लामो समयदेखि सहकारी क्षेत्रका सरोकारवालाहरुले माग गदैं आएको सहकारी क्षेत्रलाई नियमन गर्ने दोस्रो तहको नियमक निकाय (क्त्क्ष् ) गठन भएकाले सहकारी क्षेत्रमा हाल देखिएका समस्याहरु समाधान हुने मन्त्री अधिकारीको बिश्वास छ । मन्त्री अधिकारीले तीन तहकै सहकारीको नियमन, निर्देशन र निगरानी गर्ने काम प्राधिकरणको कार्यक्षेत्रभित्र रहेको उल्लेख गदैं समस्याग्रस्त सहकारीहरुको बचत फिर्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो ।
कर्जा असुली न्यायधिकरण, नियमन प्राधिकरणलगायतका हाल गठन भएका यस्ता संरचनाले सहकारीको मर्म र लक्षित उद्देश्य अनुसार काम गर्नुपर्ने मन्त्री अधिकारीको भनाई छ । मन्त्री अधिकारीले सपथग्रहण गराएसगैं नवनियुक्त अध्यक्ष डा. खगराज शर्माले आजैबाट कार्यभार सम्हाल्नु भएको छ । सपथग्रहण समारोहमा मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्राधिकरणका पदन सदस्यहरु, मन्त्रालयका सहसचिवलगायतको उपस्थिति रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस