समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाईँ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने तपाईँ हाम्रो सहकारीका ९० जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।
समितिका अनुसार पहिलो चरणमा साना बचतकर्ताहरूलाई प्राथमिकता दिँदै रकम फिर्ता गर्न सुरु गरिएको हो। अब बाँकी बचतकर्ताहरूलाई पनि उनीहरूको बचत रकमका आधारमा वर्गीकरण गर्दै क्रमशः रकम उपलब्ध गराइनेछ। समस्याग्रस्त सहकारीहरूबाट उठाइएको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमका आधारमा बचतकर्ताहरूको रकम फिर्ता गर्ने कार्य प्रचलित कानुनी प्रक्रिया बमोजिम निरन्तर रूपमा अघि बढाइने समितिले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस