Like us!
Follow us!
Connect us!
Watch us!

बलियो सरकार भएकै बेला कमजोर पुँजी बजार, दुई वर्षयताकै न्यून कारोबार

अर्थ संसार

विहीबार, २४ बैशाख २०८३, १५ : ३६ मा प्रकाशित

बलियो सरकार भएकै बेला कमजोर पुँजी बजार, दुई वर्षयताकै न्यून कारोबार

अहिले नेपालमा बलियो सरकार रहेको छ । त्यो पनि एकल बहुमत अझ करिब दुई तिहाइ नजिकको सरकार छ । फागुन २१ गते भएको निर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार निर्माण भएको हो । 

जान्नेलाई छान्ने नीति लिएको सरकारले अर्थका विज्ञ डा. स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाएको छ । वाग्ले अर्थमन्त्री नियुक्त भएदेखि नै लगातार रुपमा कमजोर बन्दै गएको सेयर बजार झन झन कमजोर बन्दै गएको छ । बालने साहको नेतृत्वमा सरकार निर्माण हुनु भन्दा पहिला २९५० विन्दुमा रहेको सेयर बजार अहिले घटेर २७०० विन्दुको हाराहारीमा रहेको छ । परिसूचक मात्रै होइन पछिल्लो सयम कारोबार रकममा पनि निरन्तर रुपमा गिरावट आइरहेको छ । बिहीबार सेयर बजारमा दुई वर्ष यताकै न्यून कारोबार भएको छ । 

सरकार स्थिर भए पनि पुँजी बजारका लागि गर्नु पर्ने कामहरु नगरेकाले बजार घटेको कतिपय लगानीकर्ताहरुले गुनासो गरिरहेका छन् । कतिपयले व्यवसायीमाथि भइरहेको धरपकडले पनि बजारमा गिरावट आइरहेको बताइ रहेका छन् । अर्को थरिले अर्थतन्त्रनै कमजोर अवस्थामा रहेकाले बजारले सोचेजस्तो गति लिन नसकेको बताउने गरेका छन् । आज सेयर बजारमा भएको कारोबार पछिल्लो ६७५ दिन यताकै सबै भन्दा कम कारोबार हो । आज सेयर बजारमा २ अर्ब ९३ करोड रुपैयाँ भन्दा बढीको मात्रै कारोबार भएको छ । 

बजारको सुन्दर्तानै घटबढ हुने भए पनि लगातारको गिरावटले लगानीकर्ताको मनोबल निकै कमजोर रहेको पुष्टि गरिरहेको छ । अर्थन्त्रमा सुधार नआउँदासम्म बजारले गति लिने सम्भावना निकै कम रहेको छ । सेयर बजारमा वृद्धि कृतिम भएकाले पनि अहिलेको अनुसन्धानले बजार घटेको कतिपयको भनाइ छ । स्थिर सरकार बनेपछि पुँजी बजारले गति लिने भन्दै आएको लगानीकर्ताहरु पनि अहिले बोलि फेर्दै अझै पनि अन्यौलता कायमै रहेको बताइरहेका छन् । अहिले बजारमा सस्तो ब्याजदरमा बैंकहरुमा प्रशस्त तरलता रहेको अवस्था छ ।

स्थिर सकार, विज्ञ अर्थमन्त्री छन् । अझ स्थिर नीति आउने र बजारले गति लिने विश्वास थियो । यो विश्वासका बीच अहिले बजार निकै संकुचन र लगानीकर्ता प्यानिक अवस्थामा रहेका छन् । अहिलेको सरकारले ठोस रुपमा गर्नु पर्ने काम भन्दा पनि भाषण मात्रै गरिरहेको लगानीकर्ताहरुको आरोप छ । अहिले पनि राजनीतिक रुपमा अस्थिरताको खतरा कायमै रहेको एक लगानीकर्ताले बताए । ‘अहिले पनि राजनीतिक रुपमा केही अस्थिरताको अवस्था देखिन्छ । यसले गर्दा बजार बढ्न सकेको छैन,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको