Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकको घाटा निरन्तर चुलिँदो

सोमबार, ०५ चैत्र २०७४, ०८ : ४७ मा प्रकाशित

मुलुकको घाटा निरन्तर चुलिँदो

अर्थ संसार, काठमाडौं–  तीन महिनायता लगातार ऋणात्मक रहेको मुलुकको शोधनान्तर घाटा गत माघमा सवा १८ अर्ब रुपैयाँ पुगेको छ ।

आयातमा भएको उच्च वृद्धि, घट्दो रमिट्यान्स आप्रवाह  र विदेशी लगानीको लाभांश भुक्तानीमा  भएको उच्च वृद्धिलगायतका कारण गत माघमा शोधनान्तर स्थिति ठूलो
रकमले घाटामा गएको हो।

चुलिँदो शोधनान्तर घाटाले समग्र अर्थव्यवस्थामा नकारात्मक असरपर्ने विज्ञहरूले बताउँदै आएका छन् । शोधनान्तरले मुलुक भित्रने र बाहिरिने रकमबीचको अवस्था देखाउँछ ।

बाहिरिनेभन्दा भित्रने रकम बढी भएमा शोधनान्तर बचतमा हुन्छ । भित्रनेभन्दा बाहिरिने रकम बढी भएमा शोधनान्तर स्थिति घाटामा हुन्छ । शोधनान्तर घाटामा रहँदा खासगरी विदेशी लगानी निरुत्साहित हुन्छ ।

उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनिमय सञ्चितिमा ह्रास आउँछ । पछिल्ला महिनामा अर्थतन्त्रमा यही भइरहेको छ ।

शोधनान्तर घाटा बढ्दै गएकाले वित्तीय प्रणाली दबाबमा रहेको राष्ट्र बैंकले स्वीकार गरको  छ । ‘वित्तीय अवस्था केही कसिलो रहेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘बढ्दो चालु खाता घाटास“गै समग्र शोधनान्तर स्थिति ऋणात्मक रहेकाले विदेशी मुद्रा सञ्चितिमा कमी आएकाले वित्तीय अवस्था कसिलो भएको हो ।’

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरको  माघ महिनाको समग्र आर्थिक तथा वित्तीय स्थितिमा यस्तो बताएको हो। राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिनासम्म मुलुकको शोधनान्तर घाटा १८ अर्ब २८ करोड रुपैयाँ  छ । गत वर्षको सोही अवधिमा शोधनान्तर अवस्था ३६ अर्ब ९५
करोडले बचतमा थियो ।

यसैगरी यस्तो घाटा गएको मंसिरमा सवा ९ अर्ब र पुसमा साढे ६ रुपैयाँ  थियो। आयातमा भएको विस्तार तथा विप्रेषण आप्रवाह घटेको कारण माघमा पनि शोधनान्तर स्थिति घाटामा रहेको जनाइएको छ ।

‘अघिल्लो वर्षको सात महिनामा १० अर्ब ६६ करोड रुपैयाँले घाटामा रहेको चालु खाता गत
माघमा १ खर्ब ४१ अर्ब ६ करोड रुपैया“ले घाटामा छ,’ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले भने, ‘आयात तथा विदेशी लगानीको लाभांश भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालु खाता उल्लेख्य घाटामा रहेको हो।’ यसको प्रत्यक्ष असर विदेशी
विनिमय सञ्चिति, तरलता र ब्याजदरमा पर्ने उनले बताए ।

‘विदेशी विनिमम सञ्चिति घट्छ, वित्तीय प्रणालीमा तरलता अभाव हुन्छ र ब्याजदरमा चाप पर्छ,’ थापाले भने। चुलिँदो व्यापार घाटा समग्र अर्थतन्त्रका लागि हानिकारक हुने भएकाले नियन्त्रणका लागि आर्थिक स्थायित्वका परिसूचकमा आउन सक्ने दबाबलाई ध्यानमा राखी राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा समायोजन गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

उच्च दरले बढेको आयात नै शोधनान्तर घाटा बढ्दै जानुको प्रमुख कारण भएकाले त्यो
नियन्त्रणतर्फ लाग्नुपर्ने अर्थविद् केशव आचार्यले बताए । ‘सरकारले योजनाबद्ध रूपमा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि विशेष नीति ल्याउनुपर्छ,’ उनले भने, ‘पुँजीगत वस्तुभन्दा पनि उपभोग्य वस्तुको आयात धेरले  बढेपछि शोधनान्तर घाटामा गएको हो।’

साधारण निर्देशन दिएको  भरमा निजी क्षेत्रले उत्पादनमूलक र निर्यातजन्य क्षेत्रमा लगानी नगर्ने भएकाले सरकारले विशेष प्रकारको योजना ल्याउनुपर्ने उनको सुझाव छ । मुलुकको अर्थतन्त्र धान्ने मुख्य स्रोत रमिट्यान्स वृद्धिदर  घट्दै गएको, निर्यात, पर्यटनलगायत बाह्य क्षेत्रमा अपेक्षित सुधार हुन नसेकेको लगायत कारण बढ्दो शोधनान्तर नियन्त्रण जटिल बन्दै गएको आचार्यको भनाइ छ ।

शोधनान्तर र चालु खातामा गत वर्षदेखि नै चाप पर्न थालेको थियो। गत आर्थिक वर्ष पहिलो २ महिना (साउन र भदौ) मा पनि शोधनान्तर ऋणात्मक थियो। त्यसपछिका महिनाहरूमा शोधनान्तरमा सुधार देखिदै आए पनि चालु खाता ऋणात्मक रहेको थियो। यो आर्थिक वर्षको सुरुका दुई महिनामा पनि पुरानै प्रवृत्ति दोहोरियो र शोधनान्तर ऋणात्मक बन्यो।

त्यसपछिका दुई महिना (असोज र कात्तिक) महिनामा शोधनान्तर बचतमा देखिए पनि आकार घट्दै गएको थियो। तर, मसिंर, पुस र माघमा फेरि पुरानै प्रवृत्ति दोहोरिएको हो।
बजार भाउ बढ्यो राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघमा वार्षिक विन्दुगत उपभोक्ता
मूल्य वृद्धिदर ५ प्रतिशत छ ।

गत वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ३.३ प्रतिशत थियो। चालु आर्थिक वर्षमा खाद्य वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र मुद्रास्फीति गत वर्षको तुलनामा धेर रै हेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा खाद्य समूहअन्तर्गत तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, मासु तथा माछा, घिउ तथा तेललगायतको मूल्य वृद्धिदर ४ प्रतिशतले बढेको छ ।

सोही अवधिमा गैरखाद्य वस्तुको मूल्य वृद्धिदर ५.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ६.१ प्रतिशत थियो। यो समूहमा पर्ने लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षालगायत वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम भएकाले गैरखाद्य वस्तुको मूल्य वृद्धिदर कम देखिएको हो।

यद्यपि सात महिनासम्मको मूल्य वृद्धिदर राष्ट्र बैंकको लक्ष्य गरको  सीमाभित्रै छ ।
रमिट्यान्समा सुधार अघिल्ला महिनामा ऋणात्मक रहेको रमिट्यान्स आप्रवाहमा
गत माघमा सुधार देखिएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघसम्म ४ खर्ब १ अर्ब रुपैयाँ रमिट्यान्स मुलुक भित्रिएको  छ । गत वर्षको तुलनामा गत माघमा रमिट्यान्स आप्रवाह १.७ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो।

उक्त अवधिमा श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमाजाने नेपालीको संख्या (पुनः श्रम  स्वीकृतिबाहेक) समीक्षा अवधिमा ४.९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ६.७ प्रतिशतले घटेको थियो।

विदेशी विनिमय सञ्चिति घट्दो गत माघमा मुलुकको विदेशी विनिमय सञ्चिति १० खर्ब ४९ अर्ब रुपैयाँ छ । गत असारको तुलनामा यो २.८ प्रतिशतले घटेको हो। गत असारमा यस्तो सञ्चिति १० खर्ब ७९ अर्ब रुपैया“ थियो।

चालु आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैकिङ   क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११ महिना ३ दिन वस्तु आयात र ९ महिना ८ दिन वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ  । कान्तिपुरबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको