Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन

अर्थ संसार

मंगलबार, ०८ बैशाख २०८३, ११ : ०४ मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन

हिमालयन रिइस्न्योरेन्स लिमिटेडको सञ्चालक समिति पुनर्गठन भएको छ। कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले ४ जना सञ्चालकको राजीनामा स्वीकृत गर्दै २ जनालाई नियुक्त गरेको हो।

बैठकले शेयरधनी समूह ‘क’ का प्रतिनिधित्व गर्दै आएका अमित मोर, शेयरधनी समूह ‘ख’ को प्रतिनिधित्व गर्दै आएका राजीव मोर र शुभेच्छा खरेल र स्वतन्त्र सञ्चालक शुभाष कुमार झुनझुनवालाको राजीनामा स्वीकृत गरेको हो।

साथै सोही बैठकले शेयरधनी समूह ‘क’ (कालिका फिन्कोर्प प्रा.लि) को प्रतिनिधिको रूपमा दिपक कुमार मिश्र र स्वतन्त्र सञ्चालकको रूपमा आशिष चन्द्र न्यौपानेलाई आगामी वार्षिक साधारणसभा सम्मका लागि सञ्चालकको रूपमा नियुक्ति गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको