Like us!
Follow us!
Connect us!
Watch us!

युनियन हाइड्रोपावरको विशेष साधारण सभा सम्पन्न, हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित

अर्थ संसार

आइतबार, ०६ बैशाख २०८३, १७ : ५३ मा प्रकाशित

युनियन हाइड्रोपावरको विशेष साधारण सभा सम्पन्न, हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित

युनियन हाइड्रोपावर लिमिटेड अब होल्डिङ कम्पनीमा रूपान्तरण भएको छ। आइतबार ललितपुरमा सम्पन्न विशेष साधारणसभाले कम्पनीको नाम परिवर्तन गरी ‘युनियन हाइड्रो होल्डिङ कम्पनी लिमिटेड’ राख्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।

यस निर्णयसँगै कम्पनीले अब केवल जलविद्युत उत्पादनमा सीमित नरही विभिन्न क्षेत्रमा लगानी विस्तार गर्ने बाटो खोलेको छ। नयाँ संरचनाअनुसार कम्पनीले सौर्य तथा अन्य नवीकरणीय ऊर्जा, वित्तीय संस्था, पूर्वाधार, पर्यटन, उत्पादनमूलक उद्योग, सूचना प्रविधि र दोस्रो बजारजस्ता क्षेत्रमा सहायक वा सहसम्बद्ध कम्पनीमार्फत लगानी गर्न सक्नेछ। यसले कम्पनीलाई एकल क्षेत्रको निर्भरता घटाउँदै आम्दानीका स्रोत विविधीकरण गर्न सहयोग पुर्‍याउने र दीर्घकालमा लगानीकर्तालाई थप प्रतिफल दिने अपेक्षा गरिएको छ।

त्यसैगरी, सभाले हालको चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। यसअनुसार हालको ७५ करोड रुपैयाँ चुक्तापुँजी हकप्रदपछि बढेर १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ। हाल कम्पनीका ३६ लाख ६२ हजार ५५० कित्ता साधारण सेयर र ३८ लाख ३७ हजार ४५० कित्ता प्रमोटर सेयर दोस्रो बजारमा सूचीकृत छन्। कम्पनीको पछिल्लो कारोबार मूल्य प्रतिकित्ता ५१० रुपैयाँ रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको