Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाद्वारा कब्जामा लिइएको जहाज तत्काल रिहा गर्न इरानको माग

अर्थ संसार

मंगलबार, ०८ बैशाख २०८३, ११ : २९ मा प्रकाशित

अमेरिकाद्वारा कब्जामा लिइएको जहाज तत्काल रिहा गर्न इरानको माग

इरानले आफ्नो झण्डा बोकेको कार्गो जहाज कब्जामा लिएको भन्दै संयुक्त राज्य अमेरिकाको कडा आलोचना गरेको छ र जहाजसहित चालक दललाई तुरुन्त रिहा गर्न माग गरेको छ। इरानको विदेश मन्त्रालयले मंगलबार जारी गरेको वक्तव्यमा “इरानी जहाज, त्यसका नाविक, चालक दल र उनीहरूका परिवारलाई तत्काल रिहा गरिनुपर्ने” उल्लेख गरेको छ । इरानले उक्त कदमलाई अत्यन्त खतरनाक र अपराधिक भन्दै आपत्ति जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिकी नौसेनाले आइतबार ओमानको खाडी क्षेत्रमा नाकाबन्दी तोड्न खोजेको इरानी झण्डावाहक जहाज M/V Touska लाई रोकेको थियो । सार्वजनिक गरिएको भिडियोमा अमेरिकी युद्धपोतले जहाजतर्फ गोली चलाएको र हेलिकप्टरबाट मरीन सैनिकहरू जहाजमा उत्रिएको देखिन्छ ।

इरानले जहाज कब्जाको घटनाप्रति प्रतिक्रिया जनाउँदै आवश्यक परे प्रतिकार गर्ने चेतावनी पनि दिएको छ। मन्त्रालयले जहाजमा रहेको सामानको मूल्य लाखौँ डलर बराबर रहेको दाबी गरेको भए पनि त्यसको प्रकृति खुलाएको छैन।

वक्तव्यमा इरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न सबै सम्भावित उपाय अपनाउने उल्लेख गर्दै क्षेत्रीय तनाव बढे त्यसको पूर्ण जिम्मेवारी अमेरिकामाथि पर्ने चेतावनी दिएको छ। हाल जहाजमा कति जना सवार थिए र उनीहरूको नागरिकता के हो भन्ने स्पष्ट भइसकेको छैन। अमेरिकी सेनाको केन्द्रीय कमाण्डसँग यस विषयमा थप जानकारी मागिएको बताइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको