Like us!
Follow us!
Connect us!
Watch us!

असारबाट गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ शुरु हुने

सोमबार, ०५ चैत्र २०७४, १९ : ३८ मा प्रकाशित

असारबाट गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ शुरु हुने

अर्थ संसार, काठमाडौं–  एक गायन रियालिटी शो मा विश्वमै नाम कमाएको ‘द भ्वाइस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाइस अफ नेपाल’ असारबाट प्रसारण शुरु हुने भएको छ ।

चर्चित टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’ निर्देशन गरेका लक्ष्मण पौडेलको निर्देशन हुने ‘द भ्वाइस अफ नेपाल’ असारबाट प्रसारण हुनेछ ।

निर्देशक पौडेलले विश्वमा धेरै खालका गायन प्रतिष्पर्धा भए पनि ती प्रतिष्पर्धा भन्दा अन्य विषयको चर्चा हुने गरेको स्मरण गरे ।

‘तर हामी विवाद भन्दा पर रहेर काम गर्ने सोच बनाइरहँदा यो शोसँग हामी जोडिन पुगेका हौं । यो शो गायनको प्लेटफर्म खोजिरहेका नवप्रतिभाका लागि कोशेढुंगा साबित हुनेछ ।’उनले भने ।

शोका प्रमुख सहायक तथा आइटी प्रमुख फिरोज तिमल्सिनाले ‘द भ्वाइस अफ नेपाल’को एप्स सार्वजनिक गर्दै एप्सको प्रयोगका विविध विषयमा जानकारी दिएका थिए ।

प्रल्हाद सिंह महत प्रबन्ध निर्देशक रहेको शो सुशील नेपालले होस्ट गर्नेछन् । शोमा गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा निर्णायक छन् ।

विजेताले कति पाउने छन् पुरस्कार ?

विजेताले २५ लाख रुपैंयाँ, नयाँ कार, २० लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा वल्र्ड टुरको अवसर प्राप्त गर्नेछन् । यो शोको फ्रेन्चाइजी विश्वका १ सय ९१ मुलुकमा प्रसारण हुन्छ ।

5aafc20f80919.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको