चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ठूला बीमा कम्पनीहरुको नाफामा गिरावट आइरहेको अवस्थामा साना (लघु) बीमा कम्पनीको नाफामा भने सुधार देखिएको छ । १४/१४ वटा जीवन र निर्जीवन बीमा कम्पनीको औषत नाफा घटेको समयमा लघु बीमा कम्पनीहरुको औषत नाफा साढे ११ प्रतिशतले बढेको हो ।
सञ्चालनमा रहेका ७ वटा जीवन र निर्जीवन लघु बिमा कम्पनीहरुले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्मको अवधिमा ६ करोड १६ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ वटा लघु बीमा कम्पनीहरुले ६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएका थिए । ७ मध्ये ३ लघु बीमाहरुको नाफा घटेको छ । गार्डियन माइक्रो लाइफ, लिबर्टी माइक्रो लाइफ र ट्रष्ट माइक्रो इन्स्योरेन्सको नाफा घटेको छ । सबै भन्दा बढी नाफा नेपाल माइक्रो इन्स्योरेन्सले कमएको छ । यस कम्पनीले गत वर्ष ४ लाख ८१ हजार नाफा कमएको थियो भने चालु आवमा कम्पनीले २ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ५२०३.९५ प्रतिशतले बढेको हो । त्यस्तै यो अवधिमा गार्डियन माइक्रो लाइफले १ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको भन्दा ४६.८३ प्रतिशतले कम हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा यो कम्पनीले २ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा क्रेष्ट माइक्रो लाइफले १ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.९० प्रतिशतले बढी हो । यो कम्पनीले गत आवको सोही अवधिसम्ममा १ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा लिबर्टी माइक्रो इन्स्योरेन्सले २१ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको भन्दा ७५.९० प्रतिशतले कम हो । यो कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ८९ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको ९ महिनामा ट्रष्ट माइक्रोले १७ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत आवको भन्दा ५२.८१ प्रतिशतले कम हो । यो कम्पनीको नाफा गत आवको ९ महिनासम्ममा ३७ लाख २३ हजार रुपैयाँ कमाएको थियो । चालु आर्थिक वर्षको ९ महिनामा प्रोटेक्टीभ माइक्रो इन्स्योरेन्स्ले गत आवको भन्दा ४०.३८ प्रतिशतले नाफा बढाएर ४४ लाख ९२ हजार रुपैयाँ पु¥याएको छ । यो कम्पनीले गत आवको सोही अवधिमा ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै यो अवधिमा स्टार माक्रोको नाफा ६ प्रतिशतले बढेर १० लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यो कम्पनीको नाफा १० लाख १६ हजार रुपैयाँ रहेको थियो ।
जीवन र निर्जीवन लघु बीमाहरुको चुक्ता पुँजी समग्रमा ४ अर्ब ३५ करोड पुगेको छ । क्रेष्ट, गार्डियन र नेपाल माइक्रो पुँजी ७५ करोड रुपैयाँ बराबर रहेको छ । अरु कम्पनीको चुक्ता पुँजी पुँजी ५२ करोड २५ लाख रुपैयाँ छ । यो अवधिमा सबैभन्दा धेरै रिटेन्ड अर्निङ भने क्रेष्ट माइक्रो छ । कम्पनीको ४ करोड ५६ लाख रुपैयाँ सञ्चति छ । गार्डियन माइक्रो लाइफ २ करोड ८६ लाख रुपैयाँ सञ्चित छ । समग्रमा बिमाहरुको रिटेन्ड अर्निङमा ७ करोड ४६ लाख रुपैयाँ जम्मा रहेको छ ।
१ अर्ब माथिको बीमा शुल्क संकलन
त्यस्तै लघु बीमा कम्पनीहरुले १ अर्ब २४ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । यो अघिल्लो वर्षको भन्दा १२४.५९ प्रतिशत बढी हो । अघिल्लो वर्ष उक्त शुल्क संकलन ५५ करोड २९ लाख थियो । जसमध्ये सबैभन्दा धेरै गार्डियन लाइफले ३५ करोड ६० लाख, क्रेष्ट माइक्रोले ३२ करोड १२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छ । त्यस्तै लिबर्टी माइक्रोले २९ करोड ४७ लाख रुपैयाँ, स्टार माइक्रोले ६ करोड १६ लाख, प्रोटेक्टीभ माइक्रोले ८ करोड ४२ लाख, ट्रष्ट माइक्रोले ६ करोड ८४ लाख र नेपाल माइक्रोले ५ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस