Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घट्ने क्रममा ब्रेक, कारोबार ३ अर्बमा सिमित

अर्थ संसार

शुक्रबार, ०१ जेठ २०८३, १४ : ५८ मा प्रकाशित

नेप्से घट्ने क्रममा ब्रेक, कारोबार ३ अर्बमा सिमित

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज १.७७ अंकले बढेको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७३१.९४ विन्दुमा पुगेको छ । आज १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको सेयर मूल्य घटेको छ । आज २२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

आज सेन्सेटिभ इन्डेक्स पनि ०.३४ अंकले बढेर ४६७.५५ विन्दुमा पुगको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको मूल्य बढेको छ भने ५ वटाको घटेको छ । परिसूचक बढेको दिन कारोबार रकममा भने गिरावट आएको छ । 

आज सेयर बजारमा ३३८ कम्पनीका ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर ४३ हजार ६७४ पटक खरिद बिक्री हुँदा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४८६ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको