Like us!
Follow us!
Connect us!
Watch us!

बीमा प्राधिकरणको सञ्चालकमा भौतिक मन्त्रालयका सहसचिव सुशील ढकाल नियुक्त

अर्थ संसार

विहीबार, ३१ बैशाख २०८३, १३ : ५७ मा प्रकाशित

बीमा प्राधिकरणको सञ्चालकमा भौतिक मन्त्रालयका सहसचिव सुशील ढकाल नियुक्त

बीमा प्राधिकरणको सञ्चालकमा सुशील बाबु ढकाल नियुक्त भएका छन् । उनी भैतिक पूर्वधार तथा यातायात मन्त्रालयका सह–सचिव इन्जिनियर हुन्।

हालै जारी ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ मार्फत अब देशका ठूला भौतिक पूर्वाधार आयोजनाको बीमा तोकिएबमोजिम अनिवार्य रूपमा गर्नुपर्ने कानुनी व्यवस्था गरिएको हो।

नयाँ व्यवस्थाअनुसार सडक, पुल, जलविद्युत्, सिँचाइ तथा अन्य सार्वजनिक निर्माणका कार्य गर्दा आइपर्ने जोखिम न्यूनीकरणका लागि बिमा गराउनुपर्नेछ। यसअघि धेरैजसो सार्वजनिक सम्पत्तिको बीमा नहुँदा दैवी प्रकोप वा अन्य दुर्घटनाबाट हुने क्षतिमा राज्यले ठूलो आर्थिक भार व्यहोर्नुपर्ने अवस्था थियो। नयाँ प्रावधानले राज्यकोषको सुरक्षा गर्नुका साथै निर्माण व्यवसायीलाई समेत जोखिमबाट बचाउने विश्वास गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको