Like us!
Follow us!
Connect us!
Watch us!

नौ महिनामा ८ खर्ब ९२ अर्बको अन्तर बैंक कारोबार

अर्थ संसार

आइतबार, ०३ जेठ २०८३, १५ : ०७ मा प्रकाशित

नौ महिनामा ८ खर्ब ९२ अर्बको अन्तर बैंक कारोबार

बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तर बैंक कारोबारमा चालु आर्थिक वर्षको नौ महिनामा उल्लेख्य गिरावट देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्म कुल ८ खर्ब ९२ अर्ब २१ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १५ खर्ब १२ अर्ब १२ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा वाणिज्य बैंकहरूबीच मात्रै ७ खर्ब ४९ अर्ब १ करोड रुपैयाँको कारोबार भएको छ भने अन्य वित्तीय संस्थाहरूबीच १ खर्ब ४३ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरूबीच १३ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूबीच १ खर्ब ४८ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको