Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल नेपालतर्फ फड्को - एक महिनामै ९४ खर्बको कारोबार, मोबाइल बैकिङबाट मात्रै ६ खर्ब बढी

अर्थ संसार

आइतबार, ०३ जेठ २०८३, १७ : २२ मा प्रकाशित

डिजिटल नेपालतर्फ फड्को - एक महिनामै ९४ खर्बको कारोबार, मोबाइल बैकिङबाट मात्रै ६ खर्ब बढी

मोबाइलको बढ्दो प्रयोग र इन्टरनेट पहुँच विस्तारसँगै पछिल्ला वर्षहरूमा नेपालमा विद्युतीय भुक्तानी कारोबार तीव्र रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनामा मात्रै डिजिटल माध्यमबाट ९४ खर्ब ७२ अर्ब १० करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

राष्ट्र बैंकले डिजिटल कारोबारका माध्यमलाई १६ शीर्षकमा वर्गीकरण गरेको छ । ती माध्यममार्फत चैत महिनामा मात्रै २२ करोड २९ लाख ४८ हजार १४७ पटक कारोबार भएको हो ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने १५ करोड ९४ लाख १ हजार ६४५ पटकमा २० खर्ब ९४ अर्ब २१ करोड ९ लाख रुपैयाँ बराबरको डिजिटल भुक्तानी भएको थियो । यस तथ्यांकले पछिल्लो समय डिजिटल कारोबारको प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको देखाउँछ ।

हाल प्रयोगकर्ताहरूबीच मोबाइल बैंकिङ सबैभन्दा लोकप्रिय डिजिटल भुक्तानी माध्यमका रूपमा स्थापित हुँदै गएको छ । चालु आर्थिक वर्षको चैत महिनामा मात्रै मोबाइल बैंकिङमार्फत ७ करोड ४४ लाख ६६ हजार ८८४ पटकमा ६ खर्ब १८ अर्ब ७१ करोड ६ लाख रुपैयाँ कारोबार भएको छ । गत वर्षको सोही अवधिमा भने ५ करोड ६१ लाख ९१ हजार ७१७ पटकमा ४ खर्ब ५० अर्ब ४५ करोड ३ लाख रुपैयाँ कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

नेपालमा सन् २००४ देखि मोबाइल बैंकिङ सेवा सुरु भएको हो । त्यसयता यसको पहुँच र प्रयोग दुवै तीव्र रूपमा विस्तार भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको