माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालय समायोजन (मर्ज) गरी बन्द गर्ने भएको छ । बैंकले साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाइने जनाएको हो ।
बैंकका अनुसार शाखा समायोजनपछि सम्बन्धित ग्राहकहरूले तोकिएको नजिकको शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । समायोजनअनुसार चितवनस्थित हाकिमचोक शाखा नारायणगढ शाखासँग गाभिनेछ भने काठमाडौंको बालाजु शाखा गोंगबु शाखासँग समायोजन हुनेछ । त्यसैगरी खुसीबु शाखा डल्लु शाखामा, कलंकी शाखा स्वयम्भु शाखामा, कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा तथा ठमेल शाखा दरबारमार्ग शाखामा गाभिने बैंकले जनाएको छ ।
यस्तै गण्डकी प्रदेशको लामाचौर शाखा बगर शाखामा समायोजन गरिनेछ भने मधेश प्रदेशको वीरगञ्ज (लिंकरोड) शाखा आदर्शनगर शाखामा गाभिने बैंकले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस