Like us!
Follow us!
Connect us!
Watch us!

ठूला १० बैंकको सम्पत्ति गुणस्तर परीक्षण, औसत निष्क्रिय कर्जा ७.६ प्रतिशत

अर्थ संसार

मंगलबार, ०५ जेठ २०८३, १३ : २४ मा प्रकाशित

ठूला १० बैंकको सम्पत्ति गुणस्तर परीक्षण, औसत निष्क्रिय कर्जा ७.६ प्रतिशत

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को विस्तारित कर्जा सुविधा अन्तर्गत तय गरिएको संरचनागत मापदण्डअनुसार नेपालका १० ठूला वाणिज्य बैंकको सम्पत्ति गुणस्तर तथा कर्जा पोर्टफोलियो परीक्षण सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जानकारीअनुसार बंगलादेशस्थित परामर्शदाता संस्था हाउलादार युनुस एन्ड कम्पनी, स्ट्यान्डर्ड चार्टर्ड एकाउन्टेन्ट्स ढाकासँगको सम्झौताअनुसार उक्त परीक्षण गरिएको हो ।

परीक्षणमा ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक र प्रभु बैंक समावेश रहेका छन् । राष्ट्र बैंकका अनुसार प्रत्येक बैंकको छुट्टाछुट्टै तथा एकीकृत प्रतिवेदन तयार गरिएको छ । प्रतिवेदनमा प्राप्त सुझावहरू कार्यान्वयन गर्दै बैंकिङ क्षेत्रलाई थप सबल बनाउने र वित्तीय स्थायित्व कायम गर्ने दिशामा आवश्यक कदम चालिने जनाएको छ ।

परामर्शदाताले २०८१ चैत मसान्तसम्मको वित्तीय विवरणका आधारमा गरेको परीक्षणअनुसार ती १० बैंकको औसत निष्क्रिय कर्जा ९एनपीएल० ७।६ प्रतिशत रहेको छ । त्यस्तै औसत पूँजी पर्याप्तता अनुपात ११।३० प्रतिशत कायम भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालको बैंकिङ क्षेत्रमा कर्जा तथा सम्पत्तिको गुणस्तर कमजोर रहेको, खराब कर्जा वास्तविकभन्दा कम देखाइएको तथा ‘एभरग्रिनिङ’ मार्फत जोखिम लुकाइएको हुनसक्ने आशंका लामो समयदेखि उठ्दै आएको थियो । आईएमएफले पनि नेपाली बैंकिङ क्षेत्रको खराब कर्जाको अवस्थाप्रति चासो व्यक्त गर्दै अन्तर्राष्ट्रिय स्तरबाट स्वतन्त्र परीक्षण गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिँदै आएको थियो ।

सोही कार्ययोजनाअनुसार बंगलादेशको हाउलादार युनुस एन्ड कम्पनी छनोट भई नेपालका ठूला पूँजी भएका १० वाणिज्य बैंकको विस्तृत लेखापरीक्षण सम्पन्न गरिएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको