Like us!
Follow us!
Connect us!
Watch us!

योजना आयोगको लचिलो निर्णय, आयोजना दर्ताको म्याद १३ जेठसम्म

अर्थ संसार

मंगलबार, ०५ जेठ २०८३, १६ : १० मा प्रकाशित

योजना आयोगको लचिलो निर्णय, आयोजना दर्ताको म्याद १३ जेठसम्म

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुभन्दा दुई दिनअघिसम्म पनि राष्ट्रिय आयोजना बैंकमा आयोजना दर्ता गर्न सकिने व्यवस्था खुला राखेको छ।

राष्ट्रिय योजना आयोगले मन्त्रालय तथा निकायहरूको अनुरोध र प्राप्त सुझावलाई आधार मान्दै नयाँ, क्रमागत, अध्ययन तथा विशेष परिस्थितिका आयोजनाहरू आगामी आवका लागि आयोजना बैंकमा प्रविष्टि गर्ने समय १३ जेठसम्म थप गरेको जनाएको छ।

राष्ट्रिय आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड २०८१ अनुसार आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने नयाँ आयोजना चालु आवको फागुन मसान्तभित्र आयोजना बैंकमा दर्ता गरिसक्नुपर्ने व्यवस्था छ। तर यस वर्ष आयोगले पटक–पटक समयसीमा थप गर्दै लचिलो नीति अपनाएको देखिएको छ। यसअघि १ चैत २०८२ मा समयसीमा बढाएर २२ चैतसम्म पुर्‍याइएको थियो। पछि पुनः १० वैशाखसम्म म्याद थपिएको थियो। आयोगको १ जेठ २०८३ को निर्णयअनुसार अब यो अवधि १३ जेठसम्म कायम गरिएको छ।

संविधानअनुसार प्रत्येक वर्ष १५ जेठमा संघीय बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको