प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद रचना खतिवडा खत्रीले प्रतिनिधिसभा बैठकमा बोल्दै आफ्नै सरकारलाई प्रश्न गर्न पाउने कि नपाउने भन्ने विषय उठाएकी छन्। उनले संसद भवन अगाडि जेनजी शहीदहरूको सालिक तत्काल निर्माण गर्न सरकारसँग माग गरिन्। सांसद खत्रीले शहीदप्रति केवल सम्मान व्यक्त गर्नु मात्र पर्याप्त नभई व्यवहारिक न्याय पनि आवश्यक रहेको बताइन्। साथै, उनले संसद भवन अगाडि शहीदहरूको सालिक निर्माण कार्य शीघ्र अघि बढाउन सरकारसँग आग्रह गरिन्।
‘सरकारलाई के प्रश्न सोध्न नपाउने हो ? डाडु पन्यू तेरो हातमा हुन्छ । सरकार तेरो हातमा छ भनेर रोइलो चलिराखेको छ । कसलाई सोधेको ? कसलाई सुनाएको हो भनिन्छ’, उनले प्रश्न गरिन्, ‘यदि सरकार हाम्रो छ भने मैले प्रश्न सोध्न पाउने कि नपाउने ? संसद भवन अगाडी शहीदको सालिक निर्माण यथीघ्र गरियोस सम्मान मात्रै होइन व्यवहारिक रुपमा पनि न्याया दिइयोस ’,उनले भनेकी छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस