मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएकी पूर्वमहाप्रबन्धक ज्योति गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिनभित्र सबुत-प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। सहकारीका सचिव बोधविक्रम थापाले दायर गरेको लेनदेन मुद्दाको प्रक्रियाअन्तर्गत अदालतले उनलाई आफ्नो प्रतिउत्तर पेस गर्न निर्देशन दिएको हो। तोकिएको म्यादभित्र अदालतमा उपस्थित नभएमा प्रचलित कानुनबमोजिम नै मुद्दाको कानुनी प्रक्रिया अगाडि बढाइने अदालतले स्पष्ट पारेको छ।
मितेरी सहकारीको करिब १२ करोड ५० लाख रुपैयाँ अनियमितता गरेको अभियोगमा गुरुङसहित पाँच जनाविरुद्ध उजुरी परेको थियो भने रकम फिर्ता नगरेपछि उनी हाल फरार रहेको सहकारी पक्षको दाबी छ। यसअघि नै यो ठगी प्रकरणलाई लिएर ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिससमेत जारी भइसकेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस