Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

अर्थ संसार

शुक्रबार, २५ बैशाख २०८३, १३ : ०० मा प्रकाशित

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

सरकारले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते दिउँसो ४ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले बताए।

यस्तै ,सरकारले विदेशस्थित १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले यससँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दुई अन्तर्राष्ट्रिय श्रम संगठनका महत्वपूर्ण दस्तावेज अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको