भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
समितिले सोमबार एक सूचना जारी गर्दै वि.सं. २०८० चैत १९ गते सरकारद्वारा समस्याग्रस्त घोषित घेदुङ्ग बहुउद्देश्यीय सहकारी, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको विवरण बाहिर ल्याएको हो।
समितिका अनुसार उपलब्ध ऋण विवरणकै आधारमा यो नामावली सार्वजनिक गरिएको हो। यसअघि नै ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम परेका ऋणीहरूलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ। त्यस्तै, हालसम्म ऋण बुझाउन बाँकी रहेका ऋणीहरूलाई यथाशीघ्र बुद्धनगरस्थित समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र ऋण नतिरेमा कानुनबमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइने र रकम असुलउपर गरिने चेतावनी समेत समितिले दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस