Like us!
Follow us!
Connect us!
Watch us!

राज्यले सुरक्षाकर्मीलाई पर्याप्त स्रोत–साधन उपलब्ध नगराउँदा ठूलो क्षति - मानव अधिकार आयोग

अर्थ संसार

बुधबार, १३ जेठ २०८३, १६ : ४९ मा प्रकाशित

राज्यले सुरक्षाकर्मीलाई पर्याप्त स्रोत–साधन उपलब्ध नगराउँदा ठूलो क्षति - मानव अधिकार आयोग

मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे तयार गरेको प्रतिवेदनमा राज्यले सुरक्षाकर्मीलाई पर्याप्त स्रोत–साधन उपलब्ध गराउन नसक्दा ठूलो क्षति भएको उल्लेख गरेको छ। आयोगका अनुसार आवश्यक उपकरणको अभावका कारण प्रहरी आफैं ज्यान जोगाउन भाग्नुपर्ने अवस्था सिर्जना भएको थियो।

प्रतिवेदनमा आन्दोलन माइतीघरबाट बबरमहलतर्फ अघि बढ्दै जाँदा व्यापक घुसपैठ भएको, साथै प्रहरी र प्रदर्शनकारीबीच लगातार झडप भएको उल्लेख छ। प्रदर्शनकारीहरूले लाठी, तीर, गुलेली लगायतका सामग्री प्रयोग गर्दै संसद भवनको पर्खालसमेत तोडफोड गरेको जनाइएको छ।

आयोगका अनुसार आगजनी र सुरक्षाकर्मीको ज्यान जोखिममा पर्न सक्ने अवस्था देखिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर भीड नियन्त्रण गर्न खोजेको थियो। तर त्यसपछि प्रदर्शनकारीहरू अझ आक्रोशित बन्दै प्रहरीमाथि थप आक्रमक बनेको प्रतिवेदनमा उल्लेख गरिएको छ। फिल्डमा खटिएका प्रहरीलाई ढाल, हेल्मेट, बुलेटप्रुफ आत्मसुरक्षाका आवश्यक उपकरण उपलब्ध गराइनुपर्ने भए पनि सरकारले पर्याप्त व्यवस्था गर्न नसकेको आयोगको निष्कर्ष छ। स्रोत–साधन अभावकै कारण प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन नसकेको, उल्टै आफ्नो ज्यान जोगाउन भाग्नुपरेको र अन्ततः बाध्य भएर गोली चलाउनुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनले पर्याप्त स्रोत–साधनको अभाव तथा सुरक्षाकर्मीबाट हातहतियारको सावधानीपूर्वक प्रयोग र प्रभावकारी नियन्त्रण हुन नसक्दा परिस्थिति थप जटिल बनेको निष्कर्ष निकालेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको