Like us!
Follow us!
Connect us!
Watch us!

पार्टी एकताका लागि कुलमान घिसिङलाई हर्क साम्पाङको पत्र

अर्थ संसार

विहीबार, १४ जेठ २०८३, १४ : ५९ मा प्रकाशित

पार्टी एकताका लागि कुलमान घिसिङलाई हर्क साम्पाङको पत्र

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि निमन्त्रणा गरेका छन्।  उनले पार्टी एकताका लागि आफूले बुधबार नै वार्ताका लागि निमन्त्रणा गरेको फेसबुकमा लेखेका छन् ।

साम्पाङले लेखेका छन्, ‘केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेरबहादुर देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने ? यस्तो नि हुन्छ ? मिल्नुपर्छ भनेर मैले निम्तो पठाछु हिजो ।’

हर्क साम्पाङले पूर्वमन्त्री सुदन किरातीलाई पार्टीमा भित्र्याइसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको