Like us!
Follow us!
Connect us!
Watch us!

यशोधा फुड्सले भन्यो– 'निश्चित ब्याचबाहेक अन्य चाउचाउ खान योग्य छ, ढुक्क भएर उपभोग गरौं'

अर्थ संसार

मंगलबार, २६ जेठ २०८३, १० : १६ मा प्रकाशित

यशोधा फुड्सले भन्यो– 'निश्चित ब्याचबाहेक अन्य चाउचाउ खान योग्य छ, ढुक्क भएर उपभोग गरौं'

यशोधा फुड्स प्रालिले गुणस्तरहीन भेटिएको एउटा विशेष ब्याचबाहेक आफ्ना अन्य सबै 'करेन्ट चाउचाउ' उपभोगका लागि पूर्ण रूपमा सुरक्षित र खान योग्य रहेको स्पष्ट पारेको छ। कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै बजारमा गुणस्तरहीन भेटिएको ब्याच बाहेक अन्य ब्याच खान योग्य रहेको जानकारी दिएको हो।

कम्पनीका अनुसार २०२६/०२/२३ मा उत्पादित '०४ए' (04A) ब्याच नम्बर भएको १०० ग्रामको 'करेन्ट हट एण्ड स्पाईसी' चाउचाउमा मात्र कैफियत देखिएको हो। उक्त विशेष मिति र ब्याच नम्बरबाहेक बजारमा उपलब्ध अन्य फरक मिति तथा ब्याचका करेन्ट चाउचाउहरू गुणस्तरीय र स्वास्थ्यका लागि उपयुक्त रहेको यशोधा फुड्सले स्पष्ट पारेको छ।

कम्पनीले जारी गरेको सूचनामा  भनिएको  छ, ‘खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचना अनुसारको करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सो भन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरु निर्वाध रुपमा उपभोग गर्न सकिन्छ ।’

त्यस्तै, कम्पनीले सो ब्याच बाहेकका अन्य उत्पादन ढुक्क भएर उपभोग तथा बिक्री वितरण गर्न पनि उपभोक्ता र बिक्रेता तथा अधिकृत बिक्रेतालाई आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको