नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले ग्लोबल आइएमई बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालक रहेका रेग्मीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि बैंकको संस्थापक विशाल ग्रुप लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालक समितिको अध्यक्षको भूमिकामा रहेका अनुज अग्रवालले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि रिक्त पदमा रेग्मीलाई नियुक्त गरिएको संस्थाले जनाएको छ । यसैगरी, विशाल ग्रुप लिमिटेडका तर्फबाट अग्रवालको स्थानमा दीपककुमार अग्रवाललाई बुधबारदेखि नै लागु हुने गरी नयाँ सञ्चालक सदस्यका रूपमा नियुक्त गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस