Like us!
Follow us!
Connect us!
Watch us!

खुश्बुलाई गृहमन्त्रीको आश्वासन– उजुरी दिनुहोस्, दोषीलाई कारबाही गर्छु

अर्थ संसार

बुधबार, २७ जेठ २०८३, १६ : ४० मा प्रकाशित

खुश्बुलाई गृहमन्त्रीको आश्वासन– उजुरी दिनुहोस्, दोषीलाई कारबाही गर्छु

प्रतिनिधिसभाको बैठकमा खुश्बु ओलीले आफूलाई ज्यान मार्ने तथा बलात्कारसम्मका धम्कीहरू आएको विषय उठाएपछि सुधन गुरुङले आवश्यक अनुसन्धान र कानुनी कारबाहीको आश्वासन दिएका छन्। संसद बैठककै क्रममा ओलीलाई भेट्दै गृहमन्त्री गुरुङले घटनाको गम्भीर रूपमा अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही अघि बढाइने बताएका छन्। साथै, उनले आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्।

बैठकमा बोल्दै सांसद ओलीले केही दिनअघि संसदमा नेपाललाई सनातनी राज्य घोषणा गर्नुपर्ने विषयमा आफ्नो धारणा सार्वजनिक गरेपछि सामाजिक सञ्जालमार्फत योजनाबद्ध रूपमा धम्कीहरू आउन थालेको बताइन्। ९० प्रतिशतभन्दा बढी सनातन धर्मावलम्बीको बसोबास रहेको देशमा सनातनी राज्यको पक्षमा आवाज उठाउँदा आफूलाई ज्यान मार्नेदेखि बलात्कारसम्मका धम्की प्राप्त भएको भन्दै उनले सभाको ध्यानाकर्षण गराएकी थिइन्।

ओलीले भनिन्, ‘मैले सनातनी राज्यको पक्षमा आवाज उठाएकी थिएँ । धर्मान्तरणको विरुद्ध बोलेको थिएँ । म कुनै धर्मको विरुद्ध छैन । मेरो अभिव्यक्तिले कुनै धर्म मान्नेलाई समस्या नहुनुपर्ने हो । के धर्मनिरपेक्ष राज्यमा यति बोल्दा ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की खेप्नुपर्ने हो ? म यो सबै सहन सक्छु तर यो ममाथि मात्र होइन, सिंगो सनातन धर्ममाथिको प्रहार हो ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको