अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिका इरान युद्धका कारण सन् २०२६ मा मुल्यवृद्धि (मुद्रास्फीति) दर बढ्ने बताएको छ । कोषका अनुसार सन् २०२५ मा ४.१ प्रतिशत रहेको विश्व अर्थतन्त्रको मुद्रास्फीति दर सन् २०२६ मा ४.४ प्रतिशत रहने प्रक्षेपण छ ।
विश्वका विकसित मुलुकहरूको मुद्रास्फीति दर सन् २०२५ मा २.५ प्रतिशत रहेकोमा सन् २०२६ मा २.८ प्रतिशत रहने प्रक्षेपण छ । त्यसैगरी, उदीयमान तथा विकासशील मुलुकहरूको मुद्रास्फीति दर सन् २०२५ मा ५.२ प्रतिशत रहेकोमा सन् २०२६ मा ५.५ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।
सन् २०२५ को तुलनामा सन् २०२६ मा दक्षिण एसियाली मुलुकहरूमध्ये बङ्गलादेशको उपभोक्ता मुद्रास्फीति दर सबैभन्दा धेरै र चीनको सबैभन्दा कम रहने प्रक्षेपण छ । बंगलादेशको मुद्रास्फीति ९.२ प्रतिशत र चीनको १.२ प्रतिशत रहने छ । नेपालको भने ३.१ प्रतिशत मुद्रास्फीति रहने छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२५ मा ४.१ प्रतिशत रहेको विश्व अर्थतन्त्रको मुल्यवृद्धिदर (मुद्रास्फीति) सन् २०२६ मा ४.४ प्रतिशत रहने प्रक्षेपण छ । विश्वका विकसित मुलुकहरूको मुद्रास्फीति दर सन् २०२५ मा २.५ प्रतिशत रहेकोमा सन् २०२६ मा २.८ प्रतिशत रहने प्रक्षेपण छ । त्यसैगरी, उदीयमान तथा विकासशील मुलुकहरूको मुद्रास्फीति दर सन् २०२५ मा ५.२ प्रतिशत रहेकोमा सन्२०२६ मा ५.५ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।

पश्चिम एशियामा जारी द्वन्द्वका कारण मध्यपूर्व तथा मध्य एसियाकोमुद्रास्फीति दर वृद्धि हुने अनुमान छ । उक्त द्वन्द्वलेसमग्र विश्व अर्थतन्त्रको मुद्रास्फीतिमा प्रभाव पार्ने देखिन्छ । सन् २०२५ को तुलनामा सन् २०२६ मा दक्षिण एसियाली मुलुकहरूमध्ये बङ्गलादेशको उपभोक्ता मुद्रास्फीति दर सबैभन्दा धेरै र चीनको सबैभन्दा कम रहने प्रक्षेपण छ । बंगलादेशको मुद्रास्फीति ९.२ प्रतिशत र चीनको १.२ प्रतिशत रहने छ । नेपालको भने ३.१ प्रतिशत मुद्रास्फीति रहने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस