Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्पको दाबी, ‘इरानसँग आज शान्ति सम्झौतामा हस्ताक्षर हुन्छ’

अर्थ संसार

आइतबार, ३१ जेठ २०८३, ०७ : १३ मा प्रकाशित

ट्रम्पको दाबी, ‘इरानसँग आज शान्ति सम्झौतामा हस्ताक्षर हुन्छ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले सम्झौतापछि विश्वको महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुला हुने दाबी गरेको बीबीसीले उल्लेख गरेको छ । 
मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको २४ घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ । तर, इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन । सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझै स्पष्ट भइनसकेको इरानको भनाइ छ । ट्रम्पले सम्झौतापछि इरानको उच्च संवद्र्धित युरेनियम भण्डार व्यवस्थापन गरिने र त्यसलाई अन्ततः नष्ट गरिने पनि बताएका छन् । उनले वार्ता सफल नभए अमेरिकासँग “अन्तिम विकल्प” समेत रहेको चेतावनी समेत दिएका छन् ।  

गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि शुरु भएको द्वन्द्वले मध्यपूर्वमा तनाव चुलिएको थियो । यदि प्रस्तावित सम्झौता सफलतापूर्वक कार्यान्वयन भएमा मध्यपूर्वको सुरक्षा अवस्था, विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको