Like us!
Follow us!
Connect us!
Watch us!

बजेटमा सुरुङ मार्ग : सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट, कुनका लागि कति ?

अर्थ संसार

आइतबार, ३१ जेठ २०८३, १३ : ०४ मा प्रकाशित

बजेटमा सुरुङ मार्ग : सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट, कुनका लागि कति ?

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा विभिन्न सुरुङमार्गका लागि बजेटको व्यवस्था गरेको छ । सरकारले ल्याएको बजेटमा एक दर्जन सुरुङमार्गका लागि बजेटको व्यवस्था गरेको हो । 

पूर्वाधार विकास मन्त्रालयले आव २०८३/८४ मा एक दर्जन सुरुङमार्गको सभ्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड १ लाख बजेट विनियोजन गरेको छ । मन्त्रालयका अनुसार निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ५० करोड बजेट विनियोजन गरिएको छ । ग्वार्काे सातदोबाटो एकान्तकुना फ्लाइओभरका लागि १२ करोड ६६ लाख छुट्याएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी, सुरुङमार्ग विकास कार्यक्रमका लागि ३ करोड ७७ लाख ८० हजार बजेट छुट्याएको छ । मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार बजेट विनियोजन गरेको छ ।
यस्तै, विभिन्न प्रस्तावित सुरुङमार्गहरुको सम्भाव्यता अध्ययनका लागि १ लाख ९० हजार बजेट छुट्याएको छ । यस्तै, सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययनका लागि ५ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।

त्यस्तै दोलालघाट–चर्नावती सुरुङमार्गका लागि १८ लाख ९० हजार विनियोजन गरेको छ । त्यस्तै हात्तीसार–बबई सुरुङमार्गका लागि ७ लाख ५६ हजार छुट्याएको छ । खुर्काे–चियाबारी सुरुङमार्गको अध्ययनका लागि ३ लाख ९२ हजार विनियोजना गरेको छ । यस्तै, शिवपुर भालुवङ्ग सुरुङमार्गका लागि ३ लाख ९२ हजार रकम छुट्याएको छ । रानीघाट–भुरीगाउँ सुरुङमार्गका लागि ३ लाख ९२ हजार बजेट छुट्याएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको