अर्थ संसार, काठमाडौं– साहित्यकारहरुले नेपाली साहित्यमा पाठकको ध्यानएकाग्र गर्ने कृतिको खडेरी कायमै रहेको बताएका छन् ।
साहित्यकार मालिका केसरीको उपन्यास ‘सुवर्णलता’बारे राजधानीमाशनिबार भएको अन्तरसंवाद कार्यक्रममा बोल्ने लेखक साहित्यकारहरुले साहित्य पढ्ने पाठक घट्दै गएको प्रति चिन्ता व्यक्त गरे ।
साहित्यकार केसरीको उपन्यास सुवर्णलताले पाठकको ध्यान आकर्षण गर्ने विस्वास उनीहरुको छ । उपन्यासकार अमर न्यौपानेले उपन्यासको भाव पक्ष शसक्त भए पनि उपन्यास लामो भएको तर्क गरे । उनले भने,‘उपन्यासको भाव उच्च भएपनि धेरै विषयबस्तु छुनकाले उपन्यास अलिक लामो भएको छ । जसका कारण पाठकलाई केहि समय अलमल जस्तो अनुभूति भएपनि आखिरमा पाठकको मन तानिरहन यो सफल हुनेछ ।’
साहित्यकार डा. रामप्रसाद ज्ञवालीले उपन्यास सुवर्णलतामा पाठकको ध्यान सुरुदेखि अन्त्यसम्म तान्ने तागत रहेको बताए । सुवर्णलता भित्रमा या प्रेमसँगै ग्रामीण र शहरी परिवेशका पात्रहरुलाई सुन्दर ढंगले लेखक केशरीले प्रस्तुत गर्नु भएको साहित्यकार ज्ञवालीको बुझाई छ ।
समालोचक राम लोहनीले उपन्यास सुवर्णलता सरल भाषामा बगेको र बौद्ध दर्शनलाई समेत उतारिएकाले सबैले बुझ्न सक्ने कृति बनेको बताए । उनले भने,‘सुवर्णलतामा दुई वटा फरक कथा छ । एउटा पक्षबर्तमान केन्द्रित छ भने अर्को बौद्धकालीन समयमा डुलेकोे छ । दुईवटा कृति समेत बन्नसक्ने कुरा एउटै कृतिमा समावेश हुनु पाठकको लागि फाइदाको कुरा हो ।’
कार्यक्रमा उपस्थित पाठकले उपन्यास अत्यन्त उत्कृष्ठ भन्दै उपन्यासमा लेखकले बौद्धकालिन समाज र बुद्धले पत्तालगाएको ज्ञानलाई उपन्यासमा ढालेकाले उपन्यास पढ्दा बुद्धको मार्गमा स्वयं हिँड्दै गरेको अनुभुतिहुने धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित पाठक विजय मोक्तानका अनुसार ‘उपन्यास पढ्दा बुद्ध स्वयं नै अगाडि उभिएर प्रवचन दिईरहको अनुभूतिहुनु लेखकको लेखकीय सफलताहो ।’
लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँउर्जा प्राप्तभएको भन्दै आफूमा थिनयाँ जिम्मेवारी थपिएको बताएकाथिए । आफ्नो प्रयासलाई पाठकले मनपराएकै कारण बजारमा आएको छोटो समयममै सुवर्णलताको दोस्रो संस्करण आउनलागेको पनिउनले खुलासा गरे । उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस