Like us!
Follow us!
Connect us!
Watch us!

दशैं अघि सेयर किन्ने मौका छ, सावधानि अपनाएर किन्नुस् - छोटेलाल रौनियार

अर्थ संसार

बुधबार, ०१ असोज २०८२, १७ : ०३ मा प्रकाशित

दशैं अघि सेयर किन्ने मौका छ, सावधानि अपनाएर किन्नुस् - छोटेलाल रौनियार

नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले दशैँ अघि सेयर किन्ने मौका रहेको बताएका छन् । आन्दोलन पछि खुल्ने बजार केही दिन घटे पनि बढ्ने अवस्था भएकाले सावधानि अपनाएर किन्नु पर्ने उनले बताएका हुन् । 

नेपालको सेयर बजार संकट पछि केही दिन घटेपनि बढेको इतिहास रहेकाले जेनजी आन्दोलन पछि पनि बजारले गति लिने उनको विश्वास छ । भुकम्प र कोरोनाको समयमा पनि बन्द भएको बजार खुलेपछि बढेको इतिहास रहेको भन्दै अहिले पनि बजार बढ्ने समयमा यस्तो घटना भएकाले बजार खुल्दा सुरुमा घटेपनि पछि बढ्ने रौनियारको भनाइ छ । ‘भुकम्पको समयमा यस्तै डरलाग्दो अवस्था थियो । भुकम्पपछि पनि बजार बन्द भएको थियो । त्यो समयमा बजार घट्छ भनिएको थियो । तर केही दिन घटेर बजार बढ्यो । अनि कोरोनाको समयमा पनि अवस्था यस्तै थियो । बजार खुलेपछि केही दिन खसे पनि फेरि लय समातेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो,’ उनले भने । 

संकटको समयमा बन्द भएको सेयर बजार खुल्दा सुरुमा मास साइकोलोजिले गर्दा बजार घटेकाले अहिले पनि सुरुका दिनमा घट्न सक्ने उनको भनाइ छ । अहिले पनि ठूलो क्षति भएकाले लगानीकर्तामा सुरुमा केही द्धिविधा भए पनि बजारले गति लिनेमा भने कुनै शंका नरहेको रौनियाको भनाइ छ । बजारका लागि आवश्यक सबै सूचक सकारात्मक रहेकाले पनि बजार बढ्ने उनी बताउँछन् । 

सेबोन, नेप्से, राष्ट्र बैंक र अर्थमन्त्री पनि बजारमैत्री नै भएकाले बजार केही दिन घटेको भए विस्तारै लयमा जाने देखिने उनको भनाइ छ । दशैं अघि बजार खुल्ने दिन पनि कम नै भएकाले बजारमा बढ्ने उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको