Like us!
Follow us!
Connect us!
Watch us!

साढे ८ प्रतिशतले घट्यो वाणिज्य बैंकहरुको नाफा - ग्लोबल र नबिलको सर्वाधिक,अन्य कसको कति ?

अर्थ संसार

बुधबार, ०१ असोज २०८२, १३ : ५४ मा प्रकाशित

साढे ८ प्रतिशतले घट्यो वाणिज्य बैंकहरुको नाफा - ग्लोबल र नबिलको सर्वाधिक,अन्य कसको कति ?

वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा कुल ८ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार,साउन महिनामा २० वटा वाणिज्य बैंकहरूले संयुक्त रूपमा ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा कमाएका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को साउनमा बैंकहरूको नाफा ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ थियो। त्यसको तुलनामा चालु वर्षको साउनमा बैंकहरूको नाफा ८.६४ प्रतिशतले घटेको हो।

साउन महिनामा सबैभन्दा धेरै नाफा कमाउने बैंक ग्लोबल आइएमई बैंक बनेको छ। बैंकले ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। दोस्रो स्थानमा रहेको नबिल बैंकले ७१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६३ करोड ४२ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ। ग्लोबल, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अघिल्लो वर्षको साउनमा क्रमशः ८९ करोड २४ लाख, ८० करोड ३३ लाख र ५७ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ८३ लाख, नेपाल बैंकले ५५ करोड २७ लाख, प्राइम बैंकले ५० करोड ४९ लाख, कुमारी बैंकले ४९ करोड २४ लाख, एभरेष्ट बैंकले ४८ करोड ३९ लाख, एनएमबी बैंकले ४६ करोड ६७ लाख, हिमालयन बैंकले ४० करोड ८९ लाख र सिद्धार्थ बैंकले ४० करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको साउनमा यी बैंकहरूले क्रमशः ३६ करोड ६ लाख, २२ करोड ३९ लाख, ५० करोड ५५ लाख, ४० करोड ३५ लाख, ४२ करोड २९ लाख, ४२ करोड ७२ लाख, ५८ करोड ८० लाख र ३४ करोड ८८ लाख रुपैयाँ नाफा कमाएका थिए।

यसैगरी, लक्ष्मी सनराइज बैंकले ३९ करोड ४४ लाख, सानिमा बैंकले ३९ करोड २ लाख, एनआइसी एशिया बैंकले ३१ करोड ९३ लाख, प्रभु बैंकले ३० करोड २३ लाख, सिटिजन बैंकले २७ करोड २४ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २७ करोड १६ लाख, माछापुच्छ्रे बैंकले २६ करोड ५२ लाख, नेपाल एसबिआई बैंकले १५ करोड ८९ लाख र कृषि विकास बैंकले ३७ लाख ५० हजार रुपैयाँ नाफा कमाएका छन्। गत वर्षको साउनमा यी बैंकहरूको नाफा क्रमशः ४३ करोड ३२ लाख, ३८ करोड २६ लाख, २६ करोड ६३ लाख, ५३ करोड ८ लाख, ३४ करोड २२ लाख, २१ करोड १५ लाख, २० करोड २४ लाख, ३३ करोड ३३ लाख र ७१ करोड २० लाख रुपैयाँ रहेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको