Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर पौडेलको हस्ताक्षर भएको ५०० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा

अर्थ संसार

बुधबार, ०३ असार २०८३, १० : १४ मा प्रकाशित

गभर्नर पौडेलको हस्ताक्षर भएको ५०० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा

नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरको नयाँ बैंकनोट आजदेखि प्रचलनमा ल्याएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार अत्याधुनिक सुरक्षा विशेषतासहितको उक्त नोट बजारमा वितरण गर्न थालिएको हो।

नयाँ नोटको अगाडिको भागमा नेपालको सर्वोच्च शिखर सगरमाथाको चित्र समावेश गरिएको छ भने दायाँपट्टि राष्ट्रिय फूल लालीगुराँसको वाटरमार्क राखिएको छ। दृष्टिविहीन व्यक्तिहरूलाई नोट सहज रूपमा पहिचान गर्न सहयोग पुग्ने उद्देश्यले बायाँ किनारामा दुईवटा काला थोप्ला पनि समावेश गरिएको छ।

नोटको सुरक्षालाई थप सुदृढ बनाउन सगरमाथाको चित्रको दायाँतर्फ अण्डाकार आकृतिभित्र कुबेरको चित्र राखिएको छ। उक्त चित्रलाई सोझै हेर्दा सुनौलो रङमा तथा ढल्काएर हेर्दा हरियो रङमा देख्न सकिने व्यवस्था गरिएको छ। साथै, ३.५ मिलिमिटर चौडा सुरक्षण धागोमा पनि रङ परिवर्तन हुने प्रविधि प्रयोग गरिएको छ । जसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ।

नोटको अगाडिको भागमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ भने तल्लो भागमा ‘वि.सं. २०८२’ सिरिज नम्बर उल्लेख गरिएको छ। नोटको पछाडिको भागमा पाटेबाघको चित्र राखिएको छ, जसको माथि ‘नेपाल राष्ट्र बैंक’ अंकित छ। त्यस्तै, तल्लो भागमा अंग्रेजीमा ‘Rupees Five Hundred’ लेखिएको छ भने सिरिज नम्बर ‘2025’ उल्लेख गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको