Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा महानगरपालिकाकाे बजेट पारित

अर्थ संसार

विहीबार, १८ असार २०८३, ०९ : ५७ मा प्रकाशित

पोखरा महानगरपालिकाकाे बजेट पारित

पोखरा महानगरपालिकाको १९ औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ । नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गरेको  महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित ७ अर्ब १५ करोड २५ लाख रूपैयाँ बजेट सर्वसम्मतिले पास गरेको हो ।

महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट २ अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट ५ करोड ५० लाख, समपूरक अनुदान १ करोड ८२ लाख, समानिकरण अनुदान ४९ करोड ३७ लाख रूपैयाँ गरी सङ्घीय सरकार वित्तीय हस्तान्तरणको कुल योगदान ३ अर्ब १८ करोड ६० लाख रहेको छ ।

यसैगरी गण्डकी प्रदेश सरकार समपूरक अनुदान तर्फ ६० लाख, विशेष अनुदान ४० लाख र समानिकरण अनुदान तर्फ ८ करोड १५ लाख ३६ हजार गरी प्रदेश सरकार वित्तीय हस्तान्तरणको कुल योगदान ९ करोड १५ लाख ३६ हजार रहेको छ । राजस्व बाँडफाँटतर्फ सङ्घीय सरकारबाट प्राप्त हुने ३४ करोड ३४ लाख ७३ हजार, राजश्व बाँडफाँट गण्डकी प्रदेश सरकारबाट ४ करोड ९ लाख ८६ हजार, राजश्व बाँडफाँट स्थानीय सरकारतर्फ १ अर्ब ३१ लाख १४ हजार र आन्तरिक स्रोततर्फ २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय रु तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार हुनेछ ।

कूल विनियोजनमा चालु खर्चतर्फ ५५.१५ तथा पुँजीगत खर्चतर्फ ४४.९५ रहेको छ । नगरसभाले पोखरा महानगरपालिकाको आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन सहित कार्यपालिकाबाट सिफारिस भइआएका विधेयक, संशोधन विधेयक, मापदण्ड लगायत कानुनहरू समेत पास गरेको छ । महानगर प्रमुख धनराज आचार्यले नगरसभालाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने नगरसभासदस्यहरु प्रति आभार व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको