Like us!
Follow us!
Connect us!
Watch us!

जुनसुकै दलले पनि राजनीति सिक्न रुकुमपूर्व आउनुपर्छ - रिमा विश्वकर्मा

अर्थ संसार

विहीबार, २१ जेठ २०८३, १३ : ४६ मा प्रकाशित

जुनसुकै दलले पनि राजनीति सिक्न रुकुमपूर्व आउनुपर्छ -  रिमा विश्वकर्मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद् रिमा विश्वकर्माले नेपालको राजनीतिक इतिहास बुझ्न र राजनीति सिक्न रुकुमपूर्व आउनुपर्ने बताएकी छन् ।

तत्कालीन माओवादी जनयुद्धको आधार क्षेत्रका रूपमा परिचित रुकुमपूर्व मुलुकको राजनीतिक दिशालाई प्रभावित गर्ने धेरै घटनाको साक्षी बनेको छ। दशक लामो सशस्त्र द्वन्द्वका क्रममा रुकुम र रोल्पा क्षेत्र माओवादी आन्दोलनको प्रमुख केन्द्र बनेका थिए। यही भूगोलबाट सुरु भएको विद्रोह पछि शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन, संघीयता र गणतन्त्र स्थापनासम्म पुगेको हो। यी राजनीतिक परिवर्तनका विभिन्न चरणमा रुकुमपूर्वको नाम बारम्बार जोडिँदै आएको छ। यही सन्दर्भमा सांसद रिमाले रुकुमलाई ‘राजनीति सिक्ने थलो’का रूपमा वर्णन गरेकी हुन्।

तर राजनीतिक आन्दोलनको केन्द्र भए पनि यो जिल्ला विकासका हिसाबले भने अझै पछाडि परेको छ। भौगोलिक विकटताका कारण सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र पूर्वाधारजस्ता क्षेत्रमा अपेक्षित प्रगति हुन नसकेको स्थानीयको गुनासो छ। सांसद विश्वकर्माले कार्यक्रममा जनताका समस्या सुन्न र स्थानीय अवस्थाबारे जानकारी लिन आफू रुकुमपूर्व आएको बताइन्। उनले स्थानीय सरकार र कर्मचारीसँग सेवा प्रवाह तथा विकास निर्माणका विषयमा छलफल पनि गरेकी थिइन्।

भूमे गाउँपालिकामा आयोजित कर्मचारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रुकुमपूर्वलाई राजनीतिक चेतना र परिवर्तनको केन्द्रका रूपमा उल्लेख गरिन् ।उनले भनिन्, ‘देशमा जुनसुकै दलका नेता तथा कार्यकर्ताले पनि रुकुमपूर्वको इतिहास बुझ्न आवश्यक छ। राजनीति सिक्न पनि यहाँ आउनुपर्छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको