Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाउँछौँ आवेदन ?

अर्थ संसार

सोमबार, २२ असार २०८३, १० : २५ मा प्रकाशित

अभियान लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाउँछौँ आवेदन ?

अभियान लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ११ जना संस्थापक सेयरधनीको नाममा रहेको ६७ हजार ३५० कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै बावेदन दिन पाउने कम्पनीले जनाएको छ । त्यसका लागि हाल कायम संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय पनौती ४, काभ्रेपलाञ्चोक वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं – १, नागपोखरी नक्सालमा सेयर कित्ता संख्या खुलाएर आवेदन दिनु पर्ने छ ।

तोकिएको समय भित्र संस्थापक सेयरधनीबाट निवेदन नआएमा प्रचलित नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने कम्पनीले जनाएको छ ।

कम्पनीले संस्थापक सेयर धनी पुष्प जेति ढुङ्गानाको नाममा रहेको ३३ हजार ५०० कित्ता, देव बहादुर पाख्रिनको नाममा रहेको ५ हजार कित्ता, दुर्गा बहादुर पाख्रिनको नाममा रहेको १ हजार कित्ता, रामप्रसाद पुडासैनीको नाममा रहेको ५ हजार कित्ता र गुण विक्रम कुबरको नाममा रहेको २ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । त्यस्तै श्रीलाल माझिको नाममा रहेको ९ हजार कित्ता, घनश्याम राउतको नाममा रहेको ५ हजार कित्ता, रमेश भण्डारकिो नाममा रहेको १ हजार ३५० कित्ता, जगन्नाथ नेपालको नाममा रहेको १ हजार कित्ता र प्रदिप लामिछानेको नाममा रहेको २ हजार ५००० कित्ता सेयर बिक्रीमा राखेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको