Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप फुटबल : बेल्जियम क्वाटरफाइनलमा, आयोजक अमेरिका पराजित

अर्थ संसार

मंगलबार, २३ असार २०८३, ०७ : ५२ मा प्रकाशित

विश्वकप फुटबल : बेल्जियम क्वाटरफाइनलमा, आयोजक अमेरिका पराजित

आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै बेल्जिम विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकालाई ४–१ ले पराजित गर्दै बेल्जियमले क्वाटरफाइनलमा स्थान सुनिश्चित गरेको हो । 

बेल्जियमको जितमा चाल्र्स केट्लरले दुई गोल गरे । उनले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेका थिए । अमेरिकाका मलिक टिलिमेनले ३१ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । खेलको ३३ औँ मिनेटमा बेल्जियमका चाल्र्सले अर्को गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । खेलको ५७ औँ मिनेटमा बेल्जियमका ह्यान्स भेनकेनले गोल गर्दै नतिजा ३–१ मा पु¥याए । दोस्रो हाफको इन्जुरी समयमा रोमेलु लुकाकुले गोल गरेसँगै बेल्जियम ४–१ ले विजयी भयो । 

विश्वकपमा अमेरिकाको पराजयसँगै तीनवटै आयोजक राष्ट्र बाहिरिएका छन् । यसअघि क्यानडा र मेक्सिको बाहिरिएका हुन् । क्वाटरफाइनलमा बेल्जियमले अब स्पेनको सामना गर्नेछ । स्पेनल पोर्चुगललाई हराउँदै क्वाटरफाइनमा प्रवेश गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको